सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, चार प्रदेशमा छिटपुट वर्षा
नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रवार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट नसुन बाहिरिएको हो ।
यस वर्षको मनसुन असोज १९ गतेका दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भागबाट बाहिरिएको छ,’ विभागले विशेष बुलेटिन जारी गर्दै भनेको छ।
नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूर र कर्णालीबाट मनसुन बाहिरिए पनि आज ९शनिबार० कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का व्षा भइरहेको महाशाखाले जनाएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया