Hikmat Acharya
  • २८ वैशाख २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

नाइजेरियन युवतिको हराएको मोबाइल जयगढ प्रहरीले खोजी गरी बुझाएपछि..


रामारोशन भ्रमणका लागी आएका एक विदेशी नागरिकको हराएको मोबाइल जयगढ प्रहरी चौकीले फेला पारी फिर्ता गरि दिएको छ ।

रामारोशन भ्रमणका लागी आएकी एक नाइजेरियन युवतिको मोबाइल जयगढ प्रहरी चौकीले खोजी गरि उनलाई बुझाएको हो ।

साताअघि रामारोशन जाने क्रममा तिँ नाइजेरिएन नागरिकको आईफोन एक्स आर मोबाइल जयगढ बजारमा हराएको थियो । तिँ युवतीको मोबाइल हराएको गुनासोको आधारमा जयगढ प्रहरी चौकीले मोबाइलको खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा एक बालिकाले उक्त मोबाइल बाटोमा फेला पारेको भन्दै उनका अभिभावकले प्रहरीलाई मोबाइल बुझाएका प्रहरी सहायक हवल्दार भरत बहादुर कुँवरले बताएका छन् ।

उक्त फेला परेको मोबाइल सम्बन्धित युवतिलाई आवश्यक प्रकृया पुरा गरि फिर्ता गरिएको जयगढ प्रहरी चौकीका प्रमुख कुवेर सिंह धामीले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode