Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा बजार अनुगमनका लागी दशैँ तिहार कुर्नुपर्ने परिपाटी कायमै (कुराकानी सहित)

बजार अनुगमनमा स्थानीय सरकारको बेवास्था


अछाममा बजार अनुगमनका लागी दशैँ तिहार तथा चाडपर्व कुर्ने परिपाटीका कारण कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री, अचाक्ली मूल्यवृद्धिको मार उपभोक्ताहरूले खेपिरहेका छन् ।

दशैँ तिहार तथा चाड पर्व नजिकिँदा मात्रै बजार अनुगमन गर्ने सरोकारवालाको परिपाटीका कारण उपभोक्ताहरू मारमा परिरहेका हुन् ।

यस वर्षको बडा दशैँ तथा दीपावली नजिकिँदै गए पनि अछाममा भने बजार अनुगमनमा अझै पनि सरोकारवालाले खासै चाँसो दिएका छैनन् । नियमित बजार अनुगमन नहुँदा व्यापारीहरूको मनोमानी चलिरहेको छ ।

सरकारले बजार अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिए पनि अछामका स्थानीय तहहरुले बजार अनुगमनको आफ्नो अधिकार र जिम्मेवारीप्रति बेवास्था गर्दै आएका छन् ।

बजार अनुगमनबारे स्थानीय सरकार र सरकारका जिम्मेवार प्रतिनिधिहरू बेखवर जस्तै देखीएका बेला जिल्ला प्रशासन कार्यालय अछामले भने बजार अनुगमनमा सामान्य चाँसो देखाउन थालेको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलका अनुसार जिल्लाका केहि स्थानमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार अनुगमन गरिएको छ । जनशक्ति अभावका कारण प्रशासनले चाहँदा चाहँदै पनि बजार अनुगमनमा समस्या भईरहेको पोखरेलको भनाई छ ।

जिल्लाका केहि स्थानमा बजार अनुगमन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी पोखरेलले स्थानीय सरकारसंगको समन्वयमा बाँकी रहेका बजार क्षेत्रमा अनुगमनको तयारी भईरहेको जानकारी दिएका छन् ।

जिल्लामा स्वयम उपभोक्ताहरू समेत उपभोक्ता अधिकारबारे जागरूक नहुँदा समस्या भईरहेको उनको भनाई छ । बजार अनुगमनको जिम्मेवारी तथा अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको भए पनि स्थानीय सरकारले यस बिषयमा बेवास्था गर्ने गरेको उनले बताएका छन् ।

कुराकानी : शरद कुमार पोखरेल


क्याटेगोरी : व्यापार/प्रर्वद्धन, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode