Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

माओवादी सचिव आचार्य अस्वस्थ,अछामबाट हेलिकप्टरमा नेपालगन्ज लगीयो


नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् ।

३ महिने विशेष रूपान्तरण अभियान अन्तर्गत अछाम जिल्लाको समीक्षा बैठकमा सहभागी हुन अछाम पुगेका सुदूरपश्चिम इन्चार्ज रहेका आचार्य अस्वस्थ भएका हुन् ।

स्वास्थ्यमा समस्या आएसँगै बयलपाटा अस्पतालमा उपचार सम्भव नभपछि उनलाई नेपालगन्ज लगीएको छ । उनलाई सेनाको हेलिकप्टरमा नेपालगन्ज ल्याइएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।

उनको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको भट्टको भनाइ छ । नेपालगन्ज मेडिकल कलेजमा उनको उपचार सुरु भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode