Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामका ८ पालिकाबाट एमालेका प्रदेश प्रतिनिधि सर्वसम्मत चयन (नामावली सहित)


नेकपा एमालेको प्रदेश अधिवेशनका लागी अछामको ८ वटा पालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएका छन् ।

जिल्लाको साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका बाहेक अन्य पालिकाहरूबाट ४५ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका हुन् ।

नेकपा एमाले अछामका सचिव भीम बहादुर रावलका अनुसार साँफेबगर र चौरपाटी गाउँपालिकाबाट सर्वसम्मत रुपमा प्रदेश प्रतिनिधि छनोटका लागी अन्तिम प्रयास भईरहेको छ ।

आज साँझसम्म प्रदेश प्रतिनिधि छनोट कार्य टुंगोमा नपुगे भोली निर्वाचन मार्फत टुङ्ग्याउने तयारी गरिएको छ ।

हालसम्म मंगलसैन नगरपालिकाबाट ९ जना,बान्नीगढी जयगढ गाउँपालिकाबाट ३ जना,मेल्लेख गाउँपालिकाबाट ४ जना,कमलबजार नगरपालिकाबाट ५ जना,ढकारी गाउँपालिकाबाट ३ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

यस्तै रामारोशन गाउँपालिकाबाट ४ जना तुर्माखाद गाउँपालिकाबाट ७ जना र पंचदेवल विनायक नगरपालिकाबाट ४ जना सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएका एमाले अछामका सचिव भीम बहादुर रावलले जानकारी दिए ।

सचिव रावलका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ख बाट दलित कलष्टरबाट २ जना,क्षेत्र नम्बर २ को क बाट २ जना,ख बाट २ जना दलित प्रतिनिधि समेत सर्वसम्मत चयन भएका छन् ।

प्रदेश प्रतिनिधिका रुपमा साँफेबगर नगरपालिकाबाट ७ जना र चौरपाटी गाउँपालिकाबाट १ प्रतिनिधि जान पाउने भए पनि हालसम्म सहमति नहुँदा प्रतिनिधि छनोटमा ढिलाइ भईरहेको छ ।

सर्वसम्मत चयन भएका प्रदेश प्रतिनिधिहरु :
मंगलसैन नगरपालिका
1) शिव प्र उपाध्याय
2) पदम बाेहरा
3) चन्द्र बाेहरा
4) भीम बहादुर रावल
5) लीलाराज के सी
6) आर पी ढुङ्गाना
7) सरिता उपाध्याय
8) सरिता साउद
9) गंगा साउद थापा
बान्नीगढी जयगढ
1) कमल तिमिल्सिना
2) लाेकेन्द्र साउद
3) निर्मला रावल
कमलबजार
1) भरत साउद
2) हंश बिष्ट
3) दिपक अधिकारी
4) मना अधिकारी
4) शारदा बिष्ट कुवँर
ढकारी
1) टाेप ब शाही
2) महादेब बुढा
3) मायादेवी बुढा
पंचदेवल बिनायक
1) नन्द ब कडायत
2) कमल रावल
3) भीम बिष्ट
4) राधिका संजेल
मेल्लेख
1) कृष्ण प्रसाद जैशी
2) राम ब बुढा
3) हिरन्ड भटराई
4) मनसरा देवी साउद
रामाराेशन
१) चक्र रावल
२) केशर साउद
३) खगेन्द्र राेकाया
४) धर्मेन्द्रा शाह
तुर्माखाँद
१) पदम ब बुढा
२) बम ब बि सी
३) गौमती शाही
४) डम्बर बि सी
५) बिमला शाही
६) निरक शाही
७) नरेश कुमार शाही
क्षेत्र नं २ (क)
१) राम ब बि क
२) अम्मर नेपाली
क्षेत्र नं २ (ख)
1) भैरे कामी
2) भीम जनाला
क्षेत्र नं १ (ख)
१) लाल कामी
२) नृर्प बि क


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode