Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

भूकम्पको ठुलो धक्का : विद्यालय भवनबाट हाम फाल्दा बान्नीगढीका एक विद्यार्थी घाइते


सुदूरपश्चिममा भूकम्पको ठुलो धक्का महसुस गरिएको छ ।

अछाम लगायत सुदूरपश्चिमका बिभिन्न जिल्लामा मंगलवार दिउसो २ बजेर ४० मिनेट र त्यसको केहि बेर पछि ३ बजेर ६ मिनेटमा धक्का महसुस गरिएको हो ।

दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो भने ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

दोस्रो पटक दिउँसो ३ बजेर ६ मिनेटको भूकम्पको केन्द्र बिन्दु बझाङको चैनपुर आसपास रहेको बताईएको छ ।

बिद्यालयको भवनबाट हाम फाल्दा एक विद्यार्थी घाइते

भूकम्पको धक्का महसुस भएसँगै बिद्यालयको भवनबाट हाम फाल्दा अछाममा एक विद्यार्थी घाइते भएका छन् ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा रहेको बिन्देवासीनि माद्यामिक बिद्यालयको विज्ञान भवनबाट अत्तालिएर हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन् ।

भवनबाट हाम फाल्दा घाइते भएका सन्तोषको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode