Techie IT
  • २७ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी गाउँपालिकामा कार्यरत कर्मचारी आन्दोलित : यस्तो छ कारण


बान्नीगढी गाउँपालिकामा कार्यरत कर्मचारी आन्दोलित : यस्तो छ कारण

बिचाराधिन संघीय निजामती सेवा ऐन विरुद्ध बान्नीगढी जयगढ गाउँपालिकामा कार्यरत कर्मचारीहरूले बिरोेध जनाएका छन् ।

स्थानीय तह कर्मचारी हक हित संघर्ष केन्द्रीय समितिको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गाउँपालिकामा कार्यरत कर्मचारह हातमा कालोपट्टि बाँधेर सेवा प्रवाह गरेका हुन् ।

बिचाराधिन रहेको संघीय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारि गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहनुपर्ने व्यवस्था गर्नुपर्ने, निजामती परिभाषा भित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने,समायोजनका कर्मचारीहरूको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग सहित स्थानीय तहका कर्मचारी आन्दोलित छन् ।

आफ्ना मागहरू सम्बोधन नभए क्रमशः आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजाने र यही असोज १९ गते देखी अनिश्चितकालिन रुपमा पेन डाउन गने,कार्यालयको नियमित कामकाजमा सरिक नहुने,केन्द्रीय समितिको निर्णय अनुसारका आन्दोलनका कार्यलाई सफल पार्न लागी पर्ने लगायतका कार्यक्रम रहेको दीपेन्द्र साउँदले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode