Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाम एमाले प्रदेश प्रतिनिधि छनोटमा कहिँ सर्वसम्मत् : कतै निर्वाचनको तयारी


नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागी अछाम जिल्लाबाट प्रतिनिधि छनोट कार्यले तीव्रता पाएको छ ।

जिल्लाका केहि पालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएका छन् भने केहि पालिकाहरूमा सहमतिको प्रयास भईरहेको छ । हालसम्म बान्नीगढी जयगढ गाउँपालिका,कमलबजार नगरपालिका,ढकारी गाउँपालिका,मंगलसैन नगरपालिकाबाट प्रदेश प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् ।

जिल्लाको साँफेबगर नगरपालिका सहित अन्य बाँकी पालिकामा सर्वसम्मत प्रतिनिधि चयनको प्रयास भई रहेका एमाले अछामले जानकारी दिएको छ ।

आज साँझसम्म सर्वसम्मत प्रतिनिधि छनोटका लागी प्रयास गरिने र नभए भोली निर्वाचन मार्फत प्रतिनिधि छनोट कार्य टुंगोमा पुर्‍याउने तयारी छ ।

बान्नीगढी जयगढ गाउँपालिकाबाट प्रदेश प्रतिनिधिमा एमाले नेता कमलराज तिमिल्सैना,लोक बहादुर साउँद,निर्मला रावल सर्वसम्मत चयन भएका छन् ।

उता ढकारी गाउँपालिकाबाट मायादेवी बुढा,टोप बहादुर शाही,महादेव बुढा र कमलबजार नगरपालिकाबाट भरत साउँद,मनादेवी अधिकारी,शारदा बिष्ट,हंस बहादुर बिष्ट,दीपक प्रसाद अधिकारी प्रदेश प्रतिनिधि चुनिएका छन् ।

मंगलसैन नगरपालिकाबाट पदम बहादुर बोहरा,शिव प्रसाद उपाध्याय, चन्द्र बोहरा, आरडि ढुंगाना, भीम बहादुर रावल, लिलाराज केसी, सरिता उपाध्याय, सरिता साउद गंगा साउद (थापा) सर्वसम्मत रुपमा चयन भएका छन् ।

यस्तै दलित कलष्टर अन्तर्गत अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ख बाट बान्नीगढीका लाल कामी र रामारोशनका नृप बि.क.निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क बाट राम बहादुर बि.क,अम्मर सिंह नेपाली, प्रदेश सभा ख बाट भैरे कामी र भीम जनाला सर्वसम्मत चयन भएका एमाले अछामका सचिव भीम बहादुर रावलले जानकारी दिएका छन् ।

यही असोज २१ गते देखी कैलालीको धनगढीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागी प्रदेश अधिवेशन हुदैछ ।

प्रदेश कमिटीको अध्यक्ष पदका लागी नेकपा एमाले अछामका सिनियर नेताहरू बान्नीगढी जयगढ गाउँपालिकाका कमलराज तिमिल्सैना र मेल्लेख गाउँपालिकाका कृष्ण प्रसाद जैशीले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode