Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा १९ बर्षीया एक किशोरी मृत फेला


बैतडीमा एक १९ बर्षीया किशोरी मृत फेला परेकी छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट मृत अवस्थामा फेला परेकी हुन् ।

घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए ।

शुक्रबार दिउँसो एक बजेतिर उनी मृत अवस्थमा फेला परेकी हुन् । सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट मृत्युको कारण भने खुलेको छैन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode