Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते


डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको आलिताल गाउँपालिका–१ मेलखमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।

बुधवार राति ९ – ३० बजे अटोरिक्सा दुर्घटना हुँदा २६ वर्षीय अटोचालक दिपक बलायर र २६ वर्षीय केशव महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  घाइते हुनेमा वीरबहादुर कुँवर रहेका छन् ।

उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको प्रहरीले बताएको छ ।  राति अध्याँरोका कारण शव र अटो निकाल्न नसकिएको प्रहरीले बताएको छ ।

शव झाडीमा अट्किएकाले अध्याँरोका कारण राति निकाल्न नसकिएको डडेल्धुरा प्रहरीले बताएको छ ।  प्रहरी निरीक्षक कुसुमबहादुर नायकको टोली घटनास्थलमा खटिएर शव निकाल्ने प्रयास भैइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode