Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी सरकार जनपक्षीय भएन,गठबन्धनलाई जिताउन लागेकोमा पछुतो छ : नेता खड्का


नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य तथा बान्नीगढी गाउँपालिका कमिटीका अध्यक्ष तरुण खड्काले बान्नीगढी जयगढ गाउँपालिका सरकारका पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।

चुनावका क्रममा जनताको पक्षमा बिभिन्न एजेन्डा सहित काम गर्ने गरि गठबन्धन गरिएको भए पनि हाल सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

सरकारको हालसम्मको अवधिका गतिविधिलाई मूल्याङ्कन गर्दा सरकारले अपेक्षा अनुसार जनहितका काम गर्न नसकेको र सुस्त गतिमा चलेको उनको भनाई छ ।

गठबन्धन पछि बनेको बहुमत सरकारले चुनावमा परिणाम हात पारे पश्चात् गठबन्धनमा सामेल भएका दलहरूले पुर्‍याएको योगदान बिर्सिएको उनको बताए ।

चुनावी गठबन्धनसँगै जनताको घरदैलोमा गरेका प्रतिबद्धताबाट सरकार विमुख भएसँगै गाउँघरमा जनताका प्रश्नहरूको जवाफ दिन आफूलाई सकस भईरहेको उनको भनाई छ ।

रेडियो बान्नीगढीको बहसमूलक कार्यक्रम बान्नीगढी विशेषमा कुराकानी गर्दै उनले गठबन्धन दल बिच पालिका सरकार संचालनका सम्बन्धमा साझा संयन्त्र बनाई अघि बढ्ने लगायतका भद्र सहमति भएको पनि हाल तिँ सहमतिको कुनै सुनुवाइ नै नहुने गरेको खुलासा गरेका छन् ।

गठबन्धनबाट विजयी भएका जनप्रतिनिधिको रवैयाले निर्वाचनका क्रममा भएको गठबन्धन कुनै समृद्धिका लागी नभई चुनावी परिणाम हात पार्नकै लागी मात्रै गरिएको आफूहरूलाई भान हुन थालेको उनको भनाई छ ।

जनहितका काम र गाउँपालिकाको विकासका लागी आफ्नो दलले दिएका सकारात्मक सुझावहरूलाई समेत बेवास्था गर्ने परि पार्टीले चुनावी गठबन्धनमा सामेल भई उम्मेद्वारहरुलाई विजयी गराएर आफूहरू चुक्यौ कि भन्ने प्रश्न मनमा खेल्ने गरेको उनले उल्लेख गरेका छन् ।

यसै बिच गाउँपालिकामा राष्ट्रसेवक कर्मचारीलाई काम गर्ने वातावरण नभएको र गाली गलौज भएको तर काम गर्ने वातावरण नदिने तथा गालीगलौज गर्नेहरूको नाम नखुलाई विज्ञप्ति जारी गरेकाप्रति आपत्ति जनाएका छन् ।

सीमित व्यक्तिबिच विवाद भए पनि विवादमा संलग्नहरूको नाम किटान नगरी समग्र पालिकावासीलाई दोषारोपण हुने गरि जारी भएको विज्ञप्तिले समग्र पालिकाको बदनाम भएको बताउँदै उनले विज्ञप्तिलाई सच्याउनु पर्नेमा जोड दिएका छन् ।

विज्ञप्तिप्रति सार्वजनिक रुपमा आत्मालोचना नगरिए आफूहरू चुप लागेर नबस्ने उनले उल्लेख गरेका छन् ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode