Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अव जयगढ बजार हरेक महिनाको अन्तिम शनिवार बन्द हुने


जयगढ बजार व्यवस्थापन समितिको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर शेट्टिको अध्यक्षतामा शनिवार बिभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

बैठकको निर्णयअनुसार जयगढ बजार हरेक महिनाको अन्तिम शनिवार बन्द गरिने भएको छ ।

यस्तै जयगढ बजारको सडक क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी साधन अटो,जिप,बस लगायतका सवारी साधन पार्किङमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको छ ।

निर्णयको उलंघन गर्ने सवारी साधनहरूलाई पहिलो पटक पाँच सयका दरले जरिवाना गर्ने र पटक पटक अटेरी गरेमा अन्य कानुनी कार्वाहि गरिने निर्णय गरिएको छ ।

यस्तै बजारको सडक तथा सार्वजनिक क्षेत्र मिचेर बिभिन्न सामाग्री तथा टहरा राखेमा पनि पहिलो पटक पाँच सय जरिवाना गरिने र पटक पटक नियम उलंघन गरेमा थप कडा कार्वाहि गरिने भएको छ ।

बैठकमा समितिका कोषाध्यक्ष रेवन्ती ठकुल्ला साउँदले प्रस्तुत गरेको जयगढ बजार व्यवस्थापन समितिको आयोजनामा सम्पन्न भएको देउडा खेल र कृष्ण जन्माष्टमी मेलाको आय व्याय सार्वजनिक गरिनुका साथै पारित गरिएको बताईएको छ ।

बैठकको संचालन सचिव उपेन्द्र खड्काले गरेका थिए ।


क्याटेगोरी : अर्थ-वाणिज्य, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode