Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी गाउँपालिका सरकार न पास न फेल : समाजसेवी खत्री (भिडियो सहित)

बेनामे सार्वजनिक विज्ञप्तिप्रति कर्मचारीले आत्मालोचना गर्नुपर्नेमा जोड


बान्नीगढी गाउँपालिका सरकार न पास न फेल : समाजसेवी खत्री (भिडियो सहित)

पूर्व जिल्ला विकास समितिका सदस्य तथा समाजसेवी तिलक बहादुर खत्रीले बान्नीगढी जयगढ गाउँपालिका सरकार सही दिशा भन्दा बाहिर गइहेरेको बताएका छन् ।

नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति गराई समृद्धिको यात्रातर्फ उन्मुख हुनुको सट्टा व्य विहीन यात्रामा पालिका सरकार अघि बढेको खत्रीले बताएका हुन् ।

रेडियो बान्नीगढीको बहसमूलक कार्यक्रम बान्नीगढी विशेषमा बोल्दै समाजसेवी खत्रीले बान्नीगढी जयगढ गाउँपालिका सरकार सर्वोपरि हित भन्दा पनि व्यक्तिगत हितका कार्यमा तल्लीन रहेको आरोप लगाएका हुन् ।

योजना तर्जुमा ,बजेट विनियोजन लगायतका कुरामा सर्वसाधारणका सुझाव सहित आवश्यकतालाई प्राथमिकतामा राख्नुको साटो हचुवाको रम कम गरिएको उनको भनाई छ ।

यो सरकारको १६ महिनाको अवधिको मूल्याङ्कन गर्दा सरकार न त पास न त फेल नै को अवस्थामा रहेको उनको मूल्याङ्कन रहेको छ ।

आफ्ना कमी कमजोरी सच्याउने र सही दिशानिर्देश गर्ने समय बाँकी रहेको बताउँदै उनले सरकारलाई सच्चिएर जनहितका काममा अघि बढ्न आग्रह समेत गरेका छन् ।

यसै बिच गाउँपालिकाका कर्मचारीहरूले यही भाद्र १९ गते जारि गरेको विज्ञप्तिले समग्र गाउँपालिकावासीो प्रतष्ाम आघात पुर्‍याएकोप्रति खत्रीले आपत्ति जनाएका छन् ।

गाउँपालिकामा काम गर्ने वातावरण नभएको,गाली गलौज तथा ध्यान मार्ने धम्की दिएको भन्दै विज्ञप्ति जारि भएको तर विज्ञप्तिमा कसले कुन समयमा गाली गलौज र काम गर्ने वातावरण नदिएको हो भन्नेबारे कुनै बिवरण नखुलाई सार्वजनिक गरिएको विज्ञप्तिले समग्र गाउँपालिकावासी नागरिकलाई आरोपित गरेको भन्दै उनले यसप्रति आपत्ति जनाएका हुन् ।

ाउँपालिकाका करमचरीले विज्ञप्ति मार्फत दोषीको नाम सार्वजनिक गर्नुपर्ने नभए विज्ञप्ति सार्वजनिक गर्ने क्रममा गल्ती भएको स्वीकार गरि आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन् ।



क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode