Hikmat Acharya
  • ३ माघ २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी गाउँपालिका सरकार न पास न फेल : समाजसेवी खत्री (भिडियो सहित)

बेनामे सार्वजनिक विज्ञप्तिप्रति कर्मचारीले आत्मालोचना गर्नुपर्नेमा जोड


पूर्व जिल्ला विकास समितिका सदस्य तथा समाजसेवी तिलक बहादुर खत्रीले बान्नीगढी जयगढ गाउँपालिका सरकार सही दिशा भन्दा बाहिर गइहेरेको बताएका छन् ।

नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति गराई समृद्धिको यात्रातर्फ उन्मुख हुनुको सट्टा व्य विहीन यात्रामा पालिका सरकार अघि बढेको खत्रीले बताएका हुन् ।

रेडियो बान्नीगढीको बहसमूलक कार्यक्रम बान्नीगढी विशेषमा बोल्दै समाजसेवी खत्रीले बान्नीगढी जयगढ गाउँपालिका सरकार सर्वोपरि हित भन्दा पनि व्यक्तिगत हितका कार्यमा तल्लीन रहेको आरोप लगाएका हुन् ।

योजना तर्जुमा ,बजेट विनियोजन लगायतका कुरामा सर्वसाधारणका सुझाव सहित आवश्यकतालाई प्राथमिकतामा राख्नुको साटो हचुवाको रम कम गरिएको उनको भनाई छ ।

यो सरकारको १६ महिनाको अवधिको मूल्याङ्कन गर्दा सरकार न त पास न त फेल नै को अवस्थामा रहेको उनको मूल्याङ्कन रहेको छ ।

आफ्ना कमी कमजोरी सच्याउने र सही दिशानिर्देश गर्ने समय बाँकी रहेको बताउँदै उनले सरकारलाई सच्चिएर जनहितका काममा अघि बढ्न आग्रह समेत गरेका छन् ।

यसै बिच गाउँपालिकाका कर्मचारीहरूले यही भाद्र १९ गते जारि गरेको विज्ञप्तिले समग्र गाउँपालिकावासीो प्रतष्ाम आघात पुर्‍याएकोप्रति खत्रीले आपत्ति जनाएका छन् ।

गाउँपालिकामा काम गर्ने वातावरण नभएको,गाली गलौज तथा ध्यान मार्ने धम्की दिएको भन्दै विज्ञप्ति जारि भएको तर विज्ञप्तिमा कसले कुन समयमा गाली गलौज र काम गर्ने वातावरण नदिएको हो भन्नेबारे कुनै बिवरण नखुलाई सार्वजनिक गरिएको विज्ञप्तिले समग्र गाउँपालिकावासी नागरिकलाई आरोपित गरेको भन्दै उनले यसप्रति आपत्ति जनाएका हुन् ।

ाउँपालिकाका करमचरीले विज्ञप्ति मार्फत दोषीको नाम सार्वजनिक गर्नुपर्ने नभए विज्ञप्ति सार्वजनिक गर्ने क्रममा गल्ती भएको स्वीकार गरि आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन् ।



क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode