Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा कार्यरत एक सब इन्जिनियर लागु औषधसहित पक्राउ


अछाममा कार्यरत एक सब इन्जिनियर कञ्चनपुरको बेलौरीबाट लागु औषधसहित पक्राउ परेका छन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० सडक घाटबाट ९ दशमलव ४२ ग्राम लागु औषधसहित बेलौरी नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय हरिश रेग्मी शनिवार बिहान प्रहरी परेका हुन् ।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले शँका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ब्राउन सुगर फेला परेको कञ्चनपुर प्रहरीले बताएको छ ।

पक्राउ परेका रेग्मी सवार सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका रेग्मी सडक डिभिजन कार्यालयका अछाम सब इन्जिनियर हुन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode