Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बाजुराकी ३२ वर्षीया उज्जलीले जन्माइन बाटोमै शिशु


बाजुराकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन् ।

बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी उज्जलीलाई सुत्केरी व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी थिइन् । त्यसपछि स्वास्थ्यकर्मीले घर पठाएका थिए ।

अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने वताएका थिए ।

तर आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याएपछि बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले बताएकी छन् ।

घर फर्किने क्रममा बाजुराको बुढीगंगा नगरपालिका–१० पानीभुवाको सडकमा बच्चा जन्माएको सार्कीले वताइन् । बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यक्रमी सार्कीले भेटाएकी थिइन् । अनमी सृजना सार्कीले वाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिइन्।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode