Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा एक महिला मृत फेला


दार्चुलामा एक महिला मृत फेला परेकी छिन् ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–७ की ८० वर्षीया भागरथी चन्द मृत फेला परेकी हुन् । प्रहरीका अनुसार उनी घरभन्दा १ सय ५० मिटर पर आज सोमवार बिहान मृत फेला परेकी हुन् ।

उनी एकल महिला रहेको र घरमा एक्लै बस्दै आएको प्रहरीले बताएको छ । उनको मृत्युको कारण भने खुलेको छैन् ।

अहिले मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode