Hikmat Acharya
  • ९ जेठ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका प्रहरीको मृत्यु


कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।

गत साउन १४ गते आइतवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

उक्त ट्याक्टरको ठक्करबाट अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते भएका थिए ।

उनको मायामेट्रो अस्पतल धनगढीमा उपचारका क्रममा हिजो ९सोमवार० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत डाउका ४ दिन भैपरी आउने बिदामा रहेका बेला मोटरसाइकल दुर्घटनामा परेका थिए। उनको घर बझाङको तल्कोट हो ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode