Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मोटरसाइकल दुर्घटनामा परेर कञ्चपुरका एक जनाको मृत्यु


मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते कञ्चनपुरका एक युवकको मृत्यु भएको छ ।

कञ्चनपुरमा आइतबार दिउसो भएको सवारी दुर्घटनामा परेर गम्भिर घाइते ती युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

कृष्णपुर नगरपालिका–५ क्याम्पस रोडमा म १ क १७७ नम्बरको बस र सुदूरपश्चिम प्रदेश ०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा सोही नगरपालिका–४ किचाइका २८ वर्षीय मदनबहादुर सिंहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते मोटरसाइकल चालक सिंहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार अर्का यात्रु घाइते भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode