Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पहिरो खसेपछि साँफे–मार्तडी राजमार्ग अवरुद्ध


बाजुराको मुख्य सडकका रुपमा रहेको साँफे–मार्तडी राजमार्ग आइतबार मध्यरातिदेखि अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण उक्त राजमार्गको अम्कोटमा पहिरो खसेपछि सोमबार बिहानदेखि पूर्ण रुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

करिब पाँच सय मिटर लामो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक कविन्द्रसिंह बोहराले बताए ।

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन्। वर्षा रोकिएपछि अवरुद्ध राजमार्ग खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए  ।

अविरल वर्षाका कारण मार्तडी–कोल्टी र मार्तडी घटमुना सडक पनि अवरुद्ध भएका छन् । सुदूरपश्चिम प्रदेशको गौरवका सडक एक महिनादेखि अवरुद्ध छन्।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode