Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा बर्षा जारी,२४ घण्टामा के के भयो क्षति


सुदूरपश्चिम प्रदेशमा बर्षा भईरहेको छ ।  प्रदेशमा बर्षा हुने जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोही क्रममा पछिल्लो २४ घण्टामा प्रदेश भर अविरल बर्षा, जनावार आतंक, बिद्युत सट तथा बाढी गरि ४ वटा विपदका घट्ना घटेको प्रदेश आपतकालीन कार्यसंञ्चालन धनगढीले जनाएको छ । बाढीका कारण कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थीत ६५ बर्षीया भोकारी चौधरीको मृत्यु भएको छ ।

यस्तै अविरल बर्षाका कारण बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ बजेडी स्थीत २ घर भत्कीई सम्पुर्ण समाग्रीहरु पुर्ण रुपममा क्षेती भएको छ भने मानविय तथा चौपायमा भने कुनै पनि क्षति नभएको जनाईएको छ ।

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० स्थीत एक घरमा हात्ती आई आक्रमण गर्दा घरको आंशिक क्षेति र भित्र रहेको २ बोरा धान,एक बोरा दाल र नजिकै रहेको आधा आधा कट्टामा लगाएको धान बाली हात्तीले खाई नष्ट गरेको जनाईएको छ ।

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ स्थीत जंगलमा अचानक बिजुलीको पोलबाट करेन्ट लाग्दा एक बाख्राको मृत्यु भएको केन्द्रले जनाएको छ ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode