आफूले गरेका निर्णय आफै उल्ट्याउँदै रामारोशनका जनप्रतिनिधि : कर्मचारीको पारिश्रमिक निर्णय खारेज
रामारोशन गाउँ कार्यपालिकाको बैठकले करार कर्मचारीको पारिश्रमिक सम्वन्धिको निर्णय खारेज गरेको छ ।
गाउँपालिका उपाध्यक्ष सिर्जना बुढाको अध्यक्षतामा शुक्रवार भएको कार्यपालिका बैठकले गाउँपालिकामा कार्यरत कर्मचारीको पारिश्रमिक मधिको निर्णय खारेज गर्ने निर्णय गरेको हो ।
यस अघि असार ८ गतेको बैठकले कार्यपालिका बैठकले गाउँपालिकामा कार्यरत कर्मचारीको पारिश्रमिक घटाउने निर्णय गरेको थियो ।
पारिश्रमिक सम्वन्धिको निर्णयका विरुद्धमा करार कर्मचारी आन्दोलित भएपछि शुक्रवार कार्यपालिका बैठकमा छलफल पश्चात् असार ८ गतेको कार्यपालिका बैठकको निर्णय खारेज गर्ने निर्णय पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय धिकत ा बहादुर भण्डारीले बताए ।
असार ८ गते कार्यपालिका बैठकबाट गरिएको पारिश्रमिक घटाउने निर्णय विरुद्ध करार कर्मचारी आन्दोलित बन्दा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले भने असार ८ गतेको बैठकमा पारिश्रमिक घटाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको भन्दै सार्वजनिक रूपमै अभिव्यक्ति दिएका थिए ।
उपाध्यक्ष सिर्जना बुढाको फेसबुक स्टाट्स :-
गाउँपालिका अध्यक्ष मान बहादुर साउँदले जारी गरेको विज्ञप्ति :-
सो क्रममा गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँदले पारिश्रमिक घटाउने कुनै निर्णय नभएको भन्दै विज्ञप्ति जारि गरेका थिए भने गाउँपालिका उपाध्यक्ष सिर्जना बुढाले सामाजिक संाल ेसुक आफ्नो दाबी प्रस्तुत गरेकी थिइन् ।
सामाजिक संजाल फेसबुक मार्फत करार कर्मचारीको पारिश्रमिक घटाउने निर्णय नगरिएको दाबी गरेकी गाउँपालिका उपाध्यक्ष सिर्जना बुढा स्वयमकै अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गएको असार ८ गतेको कार्यपालिका बैठकका सम्पूर्ण निर्णय खारेज गर्ने निर्णय गरे पश्चात् जनप्रतिनिधिको बोलीमा कुनै ठेगान नभएको भान भएको स्थानीयले बताएका छन् ।
असर ८ गते गाँपािकाा अधयक्ष मान बहादुर साउँदको अध्यक्षतामा भएको बैठकका निर्णय गाउँपालिकाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष सिर्जना बुढाको अध्यक्षतामा कार्यपालिका बैठकले उल्ट्याउँदा अध्यक्ष साउँद भने काठमाण्डौँमा रहेका छन् ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, समाचार
प्रतिक्रिया