Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा डेंगु सङ्क्रमण विकराल : २३ दिनमा ३० जनामा सङ्क्रमण पुष्टि (कुराकानी सहित)


अछाम जिल्लामा गत वर्षको तुलनामा डेंगु सङ्क्रमण विकराल रुपमा फैलिँदै गएको देखीएको छ ।

गत आर्थिक वर्षमा ५ जनामा डेंगु सङ्क्रमण देखीएको अछाममा यस आर्थिक वर्षमा २३ दिनको अवधिमा मात्रै ३० जनामा सङ्क्रमण देखीएको छ ।

स्वास्थ्य कार्यालय अछामका मेडिकल ल्याब टेक्नोलोजिष्ट मीन कुँवरका अनुसार श्रावण १ गते देखी श्रावण २३ गतेसम्म ३० जनामा डेंगू सङ्क्रमण देखिएको हो ।

वैशाख १ गते देखी हालसम्मको अवधिमा भने अछाम जिल्लामा ४१ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ । कुँवरका अनुसार वैशाख १ गते देखी असार ३० गतेसम्म ११ जनामा सङ्क्रमण देखिएकोमा श्रावण १ गते देखी २३ गतेसम्मको अवधिमा मात्रै जिल्लामा ३० जनामा सङ्क्रमण रहेको पाइएको हो ।

२३ दिनको अवधिमा जिल्ला अस्पताल मंगलसैन अछाममा १ सय ५२ जनामा जाँच गर्दा १७ जनामा र बयालपाटा अस्पतालमा ५३ जनामा जाँच गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको कुँवरको भनाई छ । डेंगु सङ्क्रमित हुनेमा सबै भन्दा बढी मंगलसैन नगरपालिकाका रहेका छन् ।

सदरमुकाम मंगलसैनमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दै आएका १७ जनामा डेंगु सङ्क्रमण देखीएको स्वास्थ्य कार्यालय अछामको तथ्याङ्क छ ।

बयालपाटा अस्पतालमा सङ्क्रमण पुष्टि भएका १३ जनामा २ जना बाजुराका रहेका छन् । साँफेबगर नगरपालिकाका ६ जना,बान्नीगढी जयगढ गाउँपालिकाका १ जना ,रामारोशन गाउँपालिकाका १ जना, मेल्लेख गाउँपालिकाका ३ जना र बाजुराका २ जना गरि बयालपाटा अस्पतालमा १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

जिल्लाको सााफेबगर र मंगलसैन लगायत बजार क्षेत्रमा डेंगु सङ्क्रमणको उच्च जोखिम रहेको छ ।

डेंगु सङ्क्रमणबाट बच्ने एक मात्र विकल्प लामखुट्टेको टोकाइबाट बच्नु मात्र रहेकाले आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालय अछामले आग्रह गरेको छ ।

कुराकानी : मीन कुँवर


क्याटेगोरी : पश्चिम खोज, समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode