Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नेपाल विद्यार्थी संघ

नेबिसंघ केन्द्रीय समितिमा अछामका १७ जना मनोनीत : मनोनीत पनि असन्तुष्ट

नेता शाहद्वारा पार्टी परित्यागको घोषणा


एक जना संयोजककै भरमा चलिरहेको नेपाल विद्यार्थी संघको केन्द्रीय कार्य समितिले लामो समयपछि पूर्णता पाएको छ ।

नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय कार्य समितिलाई पार्टीका सभापति शेर बहादुर देउवाले यही श्रावण २२ गते पूर्णता दिएका छन् ।

घोषणा गरिएको ७ सय १० सदस्यीय केन्द्रीय समितिमा अछाम जिल्लाबाट १७ जना विद्यार्थी नेता अटाएका छन् । केन्द्रीय कार्य समिति मनोनयनका बिषयमा भने अछाम जिल्लाका नेविसंघका नेताहरू विरोधमा उत्रिएका छन् ।

सामाजिक संजालमा माध्यम बाट विरोध जनाइरहेका नेविसंघका नेता हरु संगठन निर्माणमा त्याग तपस्या गरेका र योगदान गरेका व्यक्तिहरूलाई छुटाएको आरोप लगाइ रहेका छन् ।नेविसंघ अछामका केहि नेताहरूले मनोनीत गरिएका नाममा असहमति जनाउँदै विरोधको मसाल जलाएका छन् ।

नेविसंघमा गुट चलाउन खोजिएको र पकेटका मान्छेहरूलाई भर्ना गरेर सङ्गठनको गरिमा नै घटाएको उनीहरूको आरोप छ ।

संगठनका सच्चा र इमान्दार नेता कार्यकर्तालाई पाखा लगाएर चाकडी गर्ने, नेताहरूको नजिक घुमिरहने र धरातलको राजनीतिसँग नजोडिएकाहरुलाई नै स्थान दिएर गठन गरिएको भन्दै उनीहरूले व्यापक आलोचना गरिरहेका छन् । उनीहरूको आलोचना सही हो भन्ने किसिमको मनोनयन छ ।

घोषणा गरिएको ७ सय १० सदस्यीय केन्द्रीय समितिमा अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख प्रदेश सभा क्षेत्र बाट भने १ जना पनि विद्यार्थी नेता केन्द्रीय सदस्यको छनौटमा परेनन् ।

अछाम १ को ख क्षेत्र बाट कुनै पनि विद्यार्थी नेता केन्द्रीय समितिमा नपरेको भन्दै आलोचना मात्र भईरहेको छैन कि विद्यार्थी नेता नवीन शाहले नेपाली कांग्रसको साधारण सदस्यबाट समेत राजीनामाको घोषणा गरेका छन् ।

संगठन निर्माणमा त्याग तपस्या गरेका र योगदान गरेका व्यक्तिहरूको अवमुल्याँकन गरिएको र नेपाली कांग्रेस पार्टीका संगठनका पदहरू चाकरी र लेनदेनका भरमा बितरण गरिएको उनको आरोप छ ।

बाईट : नवीन शाह

केन्द्रीय कमिटीमा परेकाहरू पनि असन्तुष्ट :-

नेबिसंघको केन्द्रीय कार्य समितिमा नपरेकाहरुको असन्तुष्टिका बिचमा लिस्टमा समेटिएका हरु पनि सन्तुष्ट छैनन् ।

केन्द्रीय कमिटीमा मनोनीत भएका मध्य बमबहादुर स्वार नेविसंघ अछामका पुराना नेता हुन । उनै स्वारले फेसबुकमा केन्द्रीय समिति बिस्तार प्रति आफ्नो असन्तुष्टि छर्लङ्ग हुने गरी छरपस्ट पारेका छन् ।

उनले प्रस्ट नाम लेखेका छैनन् तर घुमाउरो शैलीमा प्रस्ट बुझिने भाषामा मनोनीत भएका मध्य केहीको लगानी र योगदान प्रति प्रश्न गरेको बुझ्न गाह्रो छैन । कसैलाई केन्द्रीय सदस्य हुन १८ बर्ष लाग्ने,कोही १८ बर्ष नपुग्दै केन्द्रीय सदस्य हुने सामाजिक संजाल फेसबुकमा उनले प्रश्न गरेका छन् ।

नेताको निकट भएकै कारण केहि नेता केन्द्रीय समितिमा परेको आरोप लगाउने स्वार स्वयम नेपाली कांग्रेस अछामका जिल्ला सभापति समेत रहेका अछाम ( २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाहका स्वकीय सचिव हुन ।

धन्य हो प्रभु,कृपा दृष्टि सधैँ लागी रहोस् समेत लेखेका स्वारले विधि र प्रकृया अनुसार संगठन नचलेका कारण आफूले सामाजिक संजालमा असन्तुष्टि व्यक्त गरेको बताए ।

नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्काले भने केन्द्रीय कार्य समितिमा नेविसंघमा लामो समयदेखी क्रियाशील र सक्रिय केहि पुराना नेतासँगै केहि सम्भावना र आशा गर्न सकिने युवा नेताहरू समेटिएको प्रतिक्रिया दिएका छन् ।

कार्य समितिमा जिल्लामा नेविसंघका लागी त्याग बलिदान गरेका पुराना नेता छुटेको सन्दर्भमा आफूले केन्द्रीय अध्यक्ष समक्ष ध्यानाकर्षण गराएको दाबी गर्दै उनले सकारात्मक नतिजा आउने बताएका छन् ।

सङ्गठनमा त्याग र बलिदान गरेकाहरूको अवमुल्याँकन हुनुका साथै भूगोललाई बेवास्था गरिएको भन्दै कांग्रेस अछामका धेरै नेता कार्यकर्ताले आगामी निर्वाचनका क्रममा फरक परिणाम दिने समेत उल्लेख गरेका छन् ।

नेविसंघको केन्द्रीय कार्य समिति बिस्तारबारे जिल्लाका विद्यार्थी नेता तथा कार्यकर्तामा व्यापक रुपमा असन्तुष्टि बढे पनि यस बिषयमा पार्टीका नेताहरू भने मौन देखीएका छन् ।



 


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode