Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सामाजिक विकास मन्त्री साउँदद्वारा पुस्तक विमोचन


सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले रोग अनुसारको योग र पूर्वकर्म तथा पंचकर्म सम्बन्धी हाते पुस्तिकाू विमोचन गरेका छन् ।

बिहीवार प्रादेशिक आयुर्वेद चिकित्सालयमा मन्त्री साउँदले पुस्तक विमोचन गरेका हुन् । चिकित्सालयले तयार गरेको हाते पुस्तिकामा योग र आयुर्वेद उपचारको विधि र पद्धति बारे सामग्री राखिएको छ ।

चिकित्सालयले तयार गरेको हाते पुस्तिकाले योग र आयुर्वेदिक उपचार बारे सर्वसाधारणलाई जानकारी दिने अपेक्षा गरिएको छ। पुस्तकहरू योगको प्रचारप्रसार गर्न र आयुर्वेद उपचारबारे जानकारी र सूचना दिन उपयोगी हुने मन्त्री साउँदले बताए।

कार्यक्रममा बोल्दै मन्त्री साउँदले आयुर्वेद उपचारलाई विस्तार गर्न चिकित्सालयलाई मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र मार्गदर्शन भइरहने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकाल, चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालयको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो।चिकित्सालयका निमित्त प्रमुख सुर्य उपाध्यायले चिकित्सालयबाट गत वर्ष २९ हजार ७४७ जनाको उपचार सेवा लिएको बताए।

चिकित्सालयबाट २३ प्रकारको औषधी निस्शुल्क प्रदान गरिँदै आएको छ भने निकट भविष्यमै थप सेवा विस्तार गर्ने योजना छ। राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर संस्थालाई अगाडि बढाउनु पर्ने र संस्थालाई सबल बनाउँदै नागरिकको उपचार प्रभावकारी बनाउन मन्त्रालय सकारात्मक रहेको मन्त्री साउँदले बताएका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode