Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु


कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको छ ।

सोमवार राति १२ बजे घरबाट भागेकी गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यरातमा घरबाट भागेकी चौधरीकोे मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ।

राति करीब २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक बासुुदेव भट्टले जानकारी दिए ।

उनकाअनुसार युुवतीलाई ठक्कर दिएर ट्रक भागेको थियो। प्रहरीले सोमवार १२ बजेदेखि २ बजेसम्म पूर्वपश्चिम राजमार्गमा चलेका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पत्ता लागेको थियो ।

अहिले ट्रक र चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ को ३० वर्षीय होमबहादर रानामगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode