Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा ‘लम्पी स्किन’बाट २५ हजार गाईवस्तु मरे, किसानलाई अर्बौको क्षति


पशुमा लागेको ‘लम्पी स्किन’ रोगका कारण सुदूरपश्चिम प्रदेशका किसानले अर्बौ रुपैयाँ बराबरको क्षति बेहोरेका छन् ।

दुहुने भैँसी तथा गाईवस्तु लम्पी स्किन रोगले मर्न थालेपछि किसानको दैनिक आम्दानी नै बन्द भएको छ । सुदूरपश्चिम प्रदेशमा ३ लाख १० हजार पशु चौपाया सङ्क्रमित भएका छन् ।

पशु चौपायाको मृत्युबाट सुदूरपश्चिमका किसानले ठूलो क्षति बेहोरेका छन् । यो रोगबाट करिब २५ हजार गाईवस्तु मरेपछि किसानलाई ठूलो नोक्सानी पुगेको छ। लाखौँको संख्यामा पशुहरु संक्रमित भएपछि दैनिक दूध उत्पादनमा कमी आएको छ ।

रोग नियन्त्रणको प्रयास भइरहेको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले रोग नियन्त्रणका लागि पशु चौपायालाई लगाउने खोपका लागि संघीय सरकारसँग समन्वय गरेर पीडित किसानलाई राहत र सहुलियतका कार्यक्रम ल्याउने जनाएको छ ।

खोप लगाउन मात्र कैलालीमा दुई लाख डोज आवश्यक पर्ने देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए ।

उनका अनुसार पहिलो चरणमा तीन सय, दोस्रो चरणमा दुई सय र अहिले दुई सय ८५ प्रति खोप खरिद मुल्य पर्ने गरेको छ ।

कैलालमिा मात्र दुई लाख खोपको डोज आवश्यक पर्ने देखिएको उनले बताए। यसका लागि चार करोड बजेट आवश्यक पर्ने देखिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode