Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विश्व बाघ दिवस

वन जंगल संरक्षणमा स्थानीय सरकार जागरूक बन्न सकेनन् : वन अधिकृत शर्मा ( कुराकानी सहित )


आज विश्व बाघ दिवस । दिवसका अवसरमा यस वर्ष पनि विश्वमा झैँ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।

वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम गरी बनाइएको छ । यसै गरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतना सम्बन्धी ‘रिङ टोन’ बज्ने व्यवस्था गरिएको छ ।

पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो ।

उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ ।

नेपालले उक्त सम्मेलनमा बाघको संख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी संख्याले बाघ बढाउन सफल भएको छ । नेपालमा बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । पछिल्लो पाँच वर्षमा मुलुकभर बाघको आक्रमणबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्यांक छ ।

डिभिजन वन कार्यालय अछामले अछाम लगायत यस क्षेत्रका बनहरूमा भने पाटे बाघ नपाइने बताएको छ ।

डिभिजनल वन अधिकृत भोजराज शर्माका अनुसार अछाममा बिरोलो प्रजातिको चितुवा बाघ पाइने भए पनि यस क्षेत्रमा पाटे बाघ पाइँदैन ।

अछाममा पाइने बिरालो प्रजातिको बाघ संरक्षणका लागी भने डिभिजन वन कार्यालय अछामले बिभिन्न प्रयास गरि रहेको उनको भनाई छ । बन जंगल आगलागी तथा फडानीका कारण बाघ सहितका वन्यजन्तुको अस्तित्व संकटमा रहेको प्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

बन जंगल संरक्षणका सवालमा जिल्लाका पालिकाहरूले आवश्यकता अनुसार तदारुकता नदेखाएको अधिकृत शर्माको गुनासो गरेका छ ।

यसै बिच आज हामीले विश्व बाघ दिवसका अवसरमा डिभिजन वन कार्यालय अछामका डिभिजनल बन अधिकृत भोजराज शर्मासँग कुराकानी गरेका छौँ ।

कुराकानी : भोजराज शर्मा


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode