Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सामाजिक संजालमा चौरपाटी गाउँपालिका विवादित : के भन्छन् अधिकृत थापा ? (कुराकानी सहित)


अछामको चौरपाटी गाउँपालिकाबारे पछिल्लो केहि समय यता सामाजिक संजालमा बिभिन्न टिका टिप्पणी भईरहेको छन् ।

कार्यालय संचालन,स्वास्थ्य सेवा र कोदोसँग चामल कार्यक्रम लगायतका बिषयमा सामाजिक संजालमा आलोचना भइरहेको हो ।

गाउँपालिकाको स्वास्थ्य सेवाका लागी खरिद गरिएको एक्स रे मेसिन प्रयोगविहीन रहेको,किसानहरुले कोदो अनुसारको चामल नपाएको, खाना नास्तामा मात्रै २४ लाख बढी खर्च गरिएको लगायतका बिषयमा आलोचना सही सामाजिक संजालमा बिभिन्न टिप्पणी भइरहेका छन् ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले सामाजिक संजालमा लगाइएका आरोपहरू गलत भएको भन्दै त्यसको खण्डन गरेका छन् ।

गाउँपालिकाका नागरिकहरूको सहजताका लागी आफ्नो निजी एक्स रे मेसिन गाउँपालिकालाई ९ महिना बढी निःशुल्क उपलब्ध गराएको बताउँदै उनले गाउँपालिकाले आवश्यक प्रकृया पुरा गरि एक्स रे मेसिन खरिद गर्ने निर्णय गरेपश्चात् ३ लाख ५० हजारमा बिक्री गरेको उनले दाबी गरेका छन् ।

फलेको कोदोसँग चामल साट्ने कार्यक्रम अन्तर्गत गत माघ महिनामा कोदो संकलन गरेर गाउँपालिकाले चामल नदिएर किसानले ठगी गरेको आरोपमा उनले केहि प्राविधिक कारणले चामल समयमै उपलव्ध गराउन नसकिएको र अबको २,३ दिनमा चामल बितरण गरिसक्ने उल्लेख गरेका छन् ।

गाउँपालिकाका बिषयमा सार्वजनिक रुपमा उठेका बिभिन्न प्रश्न र आरोपहरूबारे सार्वजनिक रुपमा गाउँपालिकाले जवाफ दिने उनको भनाई छ ।

कामको शीलशीलमा जिल्ला बाहिर रहेको बताउँदै उनले अव बढीमा हप्ता दिन भित्र गाउँपालिकाका बिषयमा उठेका प्रश्नहरूको सार्वजनिक कार्यक्रमको आयोजना गरि जवाफ दिने बताएका छन् ।

यसै बिच आज हामीले चौरपाटी गाउँपालिकाबारे सामाजिक संजालमा भइरहेका बिभिन्न टीकाटिप्पणी र आरोपबारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापासँग कुराकानी गरेका छौँ ।

कुराकानी : धन बहादुर थापा


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode