Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी गाउँपालिकामा १ करोड बढीको डल्लो बजेट : प्रवक्ता नै अन्यौलमा 


बान्नीगढी जयगढ गाउँपालिकाले आर्थिक यस आर्थिक वर्षका लागी ४० करोड ९ लाख २ सय ९ रुपैयाँ बरावरको बजेट पारित गरेको छ ।

असार १० गते सभामा पेस गरिएको बजेट मध्यबाट असार मसान्तमा गाउँ सभाबाट २६ वटा बिभिन्न शीर्षकमा उक्त बजेट विनियोजन गरिएको हो ।

आर्थिक वर्षको वार्षिक मार्गचित्र प्रस्तुत गर्ने बजेट कुन शीर्षकमा विनियोजित गरिएको हो भन्ने बिषयमा भने गाउँ सभाका सदस्यहरू नै अन्यौलमा देखीएका छन् ।

गाउँ सभाबाट पारित गरिएको भनिएको यस आर्थिक वर्षको बजेट शीर्षक मध्य गत वर्षको भुक्तानी बाँकी पुँजीगत शीर्षकमा विनियोजित १० लाख,गत आर्थिक वर्षको भुक्तानी दिन बाँकी अन्य शीर्षकको १५ लाख बजेट के प्रयोजनका लागी विनियोजन गरिएको हो भन्ने बिषयमा गाउँ सभाका सदस्यहरू नै अन्यौलमा रहेको पाइएको हो ।

यस्तै ठोस शीर्षक बिना नै गाउँपालिका स्तरीय योजना नाममा विनियोजन गरिएको १ करोड ५ लाख ५२ हजार ९ सय रुपैयाँबारे गाउँपालिकाका प्रवक्ता मोहनलाल ताम्राकार समेत अन्यौलमा रहेको पाइएको छ ।

हरेक आर्थिक वर्षमा पालिका सरकारले संचालन गर्ने नीति तथा कार्यक्रम र त्यसको बजेटका बिषयमा गाउँ सभाका सदस्यहरूबिच छलफल गरि सबैको सहमतिमा नभए बहुमतका आधारमा बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

तर बान्नीगढी जयगढ गाउँपालिकाले यस आर्थिक बर्ष २०८०।८१ का लागी पारित गरेको बजेटका बिषयमा भने गाउँ सभाका सदस्यहरू नै अन्यौलमा देखिनु लज्जास्पद रहेको जानकारहरू बताउँछन् ।

रेडियो बान्नीगढीको बहसमूलक कार्यक्रम बान्नीगढी विशेषमा कुराकानी क्रममा गाउँपालिका स्तरीय योजनाका नाममा विनियोजित गरिएको १ करोड ५ लाख ५२ हजार ९ सय रुपैयाँ के प्रयोजनका लागी विनियोजन गरिएको हो भन्नेबारे गाउँपालिकाका प्रवक्ता मोहनलाल ताम्राकारले अन्यौलमा मात्रै देखिएनन् उनले बजेटको कुनै एक ठोस योजना खुलाउन सकेनन् ।

गाउँपालिकाका प्रवक्ता नै पालिकाको १ करोड ५ लाख बढीको डल्लो बजेट के प्रयोजनका लागी विनियोजन गरिएको हो भन्नेबारे अन्यौलमा रहनुले उक्ता डल्लो बजेट विनियोजन गर्नुको रहस्य के हो भन्ने गम्भीर प्रश्न उठाएको छ ।

उक्त डल्लो बजेट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले भागवण्डामा बितरण गर्ने गरि विनियोजन गरिएको गाउँ सभाका एक सदस्यले दाबी गरेका छन् ।

आर्थिक बर्ष २०८०।८१ का लागी गाउँ सभाले पारित गरेको बजेट :


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode