Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा करिब २ अर्ब बजेट फ्रिज : बढी फ्रिज गर्ने पालिकामा पञ्चदेवल पहिलो र बान्नीगढी दोस्रो


अछाममा गत आर्थिक वर्षमा करिब २ अर्ब बजेट फ्रिज भएको भएको छ ।

संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरित जिल्लाका स्थानीय तह,संघीय इकाइ र प्रदेश इकाइबाट चालु तथा पुँजीगत १ अर्ब ८९ करोड ५६ लाख ५५ हजार ६ सय ११ रुपैयाँ बजेट फ्रिज भएको हो ।

संघीय सरकारबाट स्थानीय तह र बिभिन्न प्रयोजनका लागी संघीय इकाइबाट कार्यान्वयन हुने गरि चालु तर्फ २ अर्ब ७० करोड ९५ लाख ६५ हजार ५ सय ६ रुपैयाँ निकासा भएकोमा निकासाको ९५.३० प्रतिशत अर्थात् २ अर्ब ५८ करोड २१ लाख २ हजार २ सय ७ रुपैयाँ खर्च भएको भएको छ भने करिब ५ प्रतिशत अर्थात् १२ करोड ७४ लाख ६३ हजार २ सय ९९ रुपैयाँ फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय अछामका कोष नियन्त्रक नरेश भट्टका अनुसार संघीय सरकारको पुँजीगत तर्फ २ अर्ब ३४ करोड ५६ लाख ६० हजार ६ सय ५० रुपैयाँ मध्य ४५.२७ प्रतिशत अर्थात् १ अर्ब ६ करोड १९ लाख ४४ हजार ८ सय ५५ रुपैयाँ खर्च भएको छ भने ५२.७३ प्रतिशत अर्थात् १ अर्ब २८ करोड ३७ लाख १५ हजार ७९५ रुपैयाँ फ्रिज भएको छ ।

यसरी हेर्दा पालिका बाहेक चालु तथा पुँजीगत गरि संघीय सरकारको कुल बजेट मध्य ७२.०८ प्रतिशत बजेट खर्च भएको नियन्त्रक भट्टले बताएका छन् ।

प्रदेश सरकारको स्थानीय तह बाहेक अछाम जिल्लामा विनियोजित चालु तर्फ ४३ करोड ४९ लाख ४५ हजार ३ सय ८० रुपैयाँ बजेटको ८१.९४ प्रतिशत अर्थात् ३५ करोड ६४ लाख १ सय रुपैयाँ खर्च हुँदा ७ करोड ८५ लाख ४५ हजार २ सय ८० रुपैयाँ फ्रिज भएको छ । भने पुँजीगत तर्फ २ अर्ब २ करोड ३८ लाख ४७ हजार ७ सय ९३ रुपैयाँ निकासा भएकोमा ८९.९५ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ४ लाख ७५ हजार ७ सय रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फ प्रदेश सरकारको २० करोड ३३ लाख ७२ हजार ९३ रुपैयाँ फ्रिज भएका छ । स्थानीय तह बाहेक जिल्लामा चालु र पुँजीगत गरि प्रदेश सरकारको कुल बजेटको ८८.५३ प्रतिशत बजेट खर्च भएको छ ।

१० पालिकाबाट १९ करोड बढी फ्रिज : पहिलोमा विनायक,दोस्रोमा बान्नीगढी

अछामका १० वटा पालिकाहरूले संघीय सरकारबाट प्राप्त बजेटमध्येबाट १९ करोड २३ लाख ७ हजार ५ सय ८२ रुपैयाँ बजेट फ्रिज गरेका छन् । काम सम्पन्न नभए फिर्ता जाने प्रकृतिको कुल बजेट ३ अर्ब ८६ करोड ६६ लाख ८० हजार ५ सय ८३ रुपैयाँ जिल्लाका १० वटै पालिकालाई हस्तान्तरण गरिएकोमा उनीहरूले १९ करोड २३ लाख ७ हजार ५ सय ८२ रुपैयाँ फ्रिज गरेका हुन् ।

यो प्रकृतिको बजेट सबै भन्दा बढी पञ्चदेवल विनायक नगरपालिकाले फ्रिज गरेको छ भने सबै भन्दा कम रामारोशन गाउँपालिकाले गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिकालाई २६ करोड ९१ लाख ५८६ रुपैयाँ हस्तान्तरण गरिएकोमा १२.०१ प्रतिशत अर्थात् ३ करोड १२ लाख ४९ हजार ९ सय १३ रुपैयाँ नगरपालिकाले फ्रिज गरेको हो ।

संघीय बजेट फ्रिज गर्नेमा दोस्रो नम्बरमा रहेको बान्नीगढी जयगढ गाउँपालिकाले १ करोड ८५ लाख ९३ हजार २ सय ८४ रुपैयाँ बजेट फ्रिज गरेको छ । बान्नीगढीले संघीय तर्फको १६ करोड १६ लाख १८ हजार ७ सय १५ रुपैयाँ निकासा पाएकोमा बजेटको ११.५ प्रतिशत बजेट फ्रिज गरेको हो ।

संघीय तर्फको सबै भन्दा कम बजेट फ्रिज गर्ने पालिका रामारोशन गाउँपालिकाले ९७.०७ प्रतिशत अर्थात् ३० करोड ६६ लाख ६० हजार ५ सय ५६ रुपैयाँ मध्य २९ करोड ४६ लाख १२ हजार ६ सय १३ रुपैयाँ खर्च गरेको छ । रामारोशन गाउँपालिकाले ३.९२ प्रतिशत अर्थात् १ करोड २० लाख ४७ हजार ९४३ रुपैयाँ फ्रिज गरेको छ ।

गत आर्थिक बर्ष अर्थात आर्थिक बर्ष २०७९।८० को बजेट फ्रिजका बिषयमा कोष तथा लेखा नियन्त्रकको कार्यालय अछामका कोष नियन्त्रक नरेश भट्टसंग गरिएको कुराकानी

कुराकानी : नरेश भट्ट 

 

संघीय तर्फको बजेट : कुन पालिकाबाट कति बजेट फ्रिज भयो ? यस्तो छ तथ्याङ्क :-

प्रदेश बजेट : कुन पालिकाबाट कति बजेट फ्रिज भयो ? यस्तो छ तथ्याङ्क :-


क्याटेगोरी : अर्थ-वाणिज्य, पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode