Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ संयोजकले पत्रकार कुटे


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बझाङका संयोजकले पत्रकारलाई कुटपिट गरेका छन् ।

जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकार सुनिल मण्डललाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन्।

बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार मण्डेललाई घरबाटै सोमवार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ।

खड्का स्वयं उक्त होटलका सञ्चालकसमेत हुन् । खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode