Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मलामी बोकेको ट्याक्टर दुर्घटना

घाइतेको उद्धारमा नगरले सहयोग नगरेको स्थानीयको गुनासो : के भन्छन् नगर उप प्रमुख रावल ?


ट्याक्टर दुर्घटनामा परि घाइते भएकाहरूको उद्धारका लागी पंचदेवल विनायक नगरपालिकाको आवश्यक पहल नगरको भन्दै सामाजिक संजालमा चर्को आलोचना हुन थालेको छ ।

मध्यपहाडी लोक मार्गमा आइतबार ट्याक्टर दुर्घटनामा परि घाइते भएका मलामीहरूको उद्धारका लागी नगरपालिकाले आवश्यक व्यवस्थापन नगरेका भन्दै नगरपालिकाको आलोचना हुन थालेको हो ।

पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर बेलखेत नदितर्फ जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।

नगरपालिकाको अत्यावश्यक सवारी साधन एम्बुलेन्सको टायर पन्चर भएको हप्तौँ भई सक्दा समेत मर्मत नगरिएको र दुर्घटनाका घाइतेहरूको समयमै उद्धारमा चाँसो नदिइएको भन्दै स्थानीयले सामाजिक संजालमा बिभिन्न टिका टिप्पणी गरेका छन् ।

नागरिकहरूको स्वास्थ्य उपचारमा सहजताका लागी आवश्यक पर्ने एम्बुलेन्स व्यवस्थापन गर्नुपर्नेमा नगरपालिकाले टिप्पर खरिद गरेको भन्दै आलोचना हुन थालेको छ ।

यता नगरपालिकाका नगर उप प्रमुख हर्क बहादुर रावलले भने नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने पहल तथा व्यवस्थापन गरेको दाबी गरेका छन् ।

घाइतेहरूको उद्धारका लागी नगरपालिकाले आवश्यक सवारी साधनको प्रबन्ध गर्नुका साथै उनीहरूको बिभिन्न अस्पतालमा उपचार भईरहेको उनको भनाई छ । घाइेतेहरुलाई उपचारका लागी अस्पताल पुर्याउदा सवारी भाडाको खर्च नगरपालिकाले व्यहोर्ने उनले बताएका छन् ।

यसै बिच आज हामीले ट्याक्टर दुर्घटनामा घाइते भएकाहरूको उद्धारमा बेवास्था गरिएको आरोपका बिषयमा पंचदेवल विनायक नगरपालिकाका नगर उप प्रमुख हर्क बहादुर रावलसँग कुराकानी गरेका छौँ । सुनौँ यो कुराकानी …..

कुराकानी : हर्क बहादुर रावल


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode