Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु


बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।

जिल्लाको पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा गए राति माथिबाट खसेको पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरी रहेको प्रहरीले बताएको छ ।

अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। स्थानीय र प्रहरीको सहयोगमा गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode