Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अनेरास्ववियु अछामको विस्तारित बैठक सम्पन्न : यस्ता छन् निर्णय


नेकपा (एमाले) निकट अनेरास्ववियुको जिल्ला कमिटीको विस्तारित बैठक जिल्ला अधिवेशन असोज मसान्तभित्र सम्पन्न गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

मंगलसेनमा सम्पन्न विस्तारित बैठकले जिल्ला अधिवेशन सम्पन्न गराउन कमल कोलीको संयोजकत्वमा ४२ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

बैठकले सबै माध्यामिक विद्यालयमा र सात वटै क्याम्पसको सदस्यता वितरण, कमिटी निर्माणका लागि १९ जनालाई समन्वयकर्ताको जिम्मेवारी दिएको छ । समन्वयकर्ताले भदौभित्र सदस्यता वितरण र कमिटी गठन गरिसक्नुपर्ने समय दिइएको छ ।

मंगलसेन बहु प्राविधिक शिक्षालयको कोटा प्रणाली सच्याउन, कार्यालय स्थापना गर्ने, केन्द्रीय र प्रदेश स्तरमा निर्वाचितलाई बधाई दिने निर्णय भएको अनेरास्ववियु अछामले जानकारी दिएको छ ।

अनेरास्ववियु अछामका अध्यक्ष नरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा एमाले जिल्ला सचिव तथा संगठन संयन्त्रका जिल्ला संयोजक भीमबहादुर रावल रहेका थिए ।

रावलले अनेरास्ववियुको बारेमा व्याख्या गर्दै जिल्लामा अनेरास्वयुले गर्ने काम र समन्वयका बारेमा निर्देशन दिएका छन् ।अनेरास्ववियुको विगत र वर्तमानको अवस्था तुलना गर्दै रावलले अनेरास्ववियु शैक्षिक क्षेत्रको नेतृत्वकर्ता संगठन बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमाले जिल्ला सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज निरक बहादुर शाहीले अध्ययन, अनुभाव र सक्रियताले मात्र खारिएको नेतृत्व बन्न सक्ने भन्दै अनेरास्ववियुका विद्यार्थीहरू त्यतातिर ध्यान जानुपर्ने बताएका थिए ।

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज शिवराज ढुङ्गाना, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज मनपुरा शाहीले समेत सुझाव राख्नुभएको थियो ।

केन्द्रको निर्णय अनुसार जिल्ला अध्यक्ष नरेन्द्र खड्का अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश सह इन्चार्ज नियुक्त भएपछि उपाध्यक्ष कमल कोली स्वतः जिल्ला अधिवेशन आयोजक भएपछि निर्णय पुस्तिका लगायतका सामग्री हस्तान्तरण गरिएको छ । नवनिर्वाचित अधिवेशन आयोजक कमिटीलाई आजै नै शपथग्रहण समेत गराइएको छ ।

साथै अछामबाट अनेरास्ववियुको केन्द्रीय समिति, आयोगमा निर्वाचित प्रदेशमा मानोनित र कमलबजार क्याम्पसमा स्ववियुमा विजयी सभापति सहित सदस्यलाई सम्मान गरिएको थियो ।

अनेरास्ववियु जिल्ला सचिव भीम बडाहितले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान उपाध्यक्ष कमल कोलीले स्वागत गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode