Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना : १ को मृत्यु ,३२ जना घाइते


अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानको मध्य पहाडी सडक खण्डमा मलामी बोकेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको हो भने ३२ जना घाइते भएका हुन् ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा सोही नगरपालिका वडा नम्बर ६ तोलीका बृख बिक रहेका छन् ।

दुर्घटनामा घाइते भएकाहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode