Hikmat Acharya
  • ३ माघ २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

वैवाहिक जीवनमा प्रवेशसँगै साउँदले गरे विद्यालयमा अक्षय कोष स्थापना


वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा बागेश्वरी आधारभूत विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीका अर्जुन साउँदले वैवाहिक जीवनमा प्रवेश गरेसँगै विद्यालयमा अक्षय कोष स्थापना गरेका हन ।

विद्यालयमा अध्ययनरत गरिब जेहेन्दार बिद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्रीको सहयोगसँगै छात्रवृत्ति प्रदान गर्न सहयोग गर्ने उद्देश्यले ५१ हजार बरावरको अक्षयकोष स्थापना गरेको साउँदले बताएका छन् ।

सोमवार एक औपचारिक कार्यक्रमकाबिच उनले विद्यालयलाई ५१ हजार रकम हस्तान्तरण गरेका छन् ।

बागेश्वरी आधारभूत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका पूर्व विद्यार्थी साउँदले आफूले बल्यकल अध्ययनका क्रममा दुःख तथा अभाव भागेको बताउँदै यस्तो अभाव अरूले झेल्न नपरोस् भन्ने उद्देश्य सहित अक्षयकोष स्थापना गरेको र हरेक बर्ष कोषको रकम थप्दै जाने उल्लेख गरेका छन् ।

पढ्न चाहाने केहि गर्न चाहाने बिद्यार्थीहरुको सफलताका लागी सानो इट्टा थप्न आफ्नो बुवा आमाको नाममा करण तुलसी अक्षय कोषको स्थापना गरिएको उनको भनाई छ ।

अक्षय कोष स्थापना कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालकाका अधयकष टेक बहादुर साउँद,उपाध्यक्ष बिन्दु रावल,वडा अध्यक्ष नवराज लगायत सहभागी भएका थिए ।

कार्यक्रमका अवशरमा बोल्दै गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले निस्वार्थ भावनाले विद्यालयमा अक्षयकोष स्थापना गरेको प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

शिक्षा क्षेत्र प्रतिको यस्तो चासोले शैक्षिक सुधार हुने अपेक्षा गर्दै अध्यक्ष साउँदले यस्ता सकारात्मक कदमको अनुसरण गर्नुपर्नेमा जोड दिएका छन्

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले परोपकारी सोचका साथ विद्यालयमा अक्षयकोषको स्थापना गरिएकोमा खुसी व्यक्त गर्दै सवैमा सकारात्मक सोचको विकास हुन जरुरी रहेको उल्लेख गरेकी छन् ।



क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode