Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

असार मसान्तको मुखमा चौरपाटी गाउँपालिका लेखापाल बिहिन : आर्थिक कामकाज ठप्प (कुराकानी सहित)


अछामको चौरपाटी गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको छ ।

पालिकाका लेखापाल अर्जुन प्रसाद जोशी एक महिना अघि सरुवा भएपछि कामकाज रोकिएको हो ।

असार मसान्त नजिकिँदै गए पनि पालिकामा लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारीको तलब निकासामा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले रेडियो बान्नीगढीलाई बताए ।

पालिकामा अहिलेसम्म ७० प्रतिशत बढी खर्च भइसक्नु पर्नेमा लेखापाल नभएपछि ५२ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

पालिकामा नयाँ लेखापाल ल्याउन प्रयास भइरहेको भए पनि पाउन मुस्किल भएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताएका छन् ।

यसै बिच आज हामीले लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको बिषयमा चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापासँग कुराकानी गरेका छौँ ।

कुराकानी : धन बहादुर थापा


क्याटेगोरी : अर्थ-वाणिज्य, राजनीति, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode