Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामका न्यायिक समिति नतिजामुखी बन्न सकेनन् : कार्य सम्पादन र व्यवस्थापनको अवस्था नाजुक


अछामका अधिकांश न्यायिक समितिको कार्य सम्पादन तथा व्यवस्थापनको अवस्था नाजुक रहेको छ ।

जिल्लाका स्थानीय तहमा रहेका अधिकांश न्यायिक समितिको कार्यसम्पादन,व्यवस्थापनको अवस्था नाजुक रहेको पाइएको हो ।

न्याय सम्पादन र व्यवस्थापनको जिम्मेवारी पाएका धेरै जसो न्यायिक समितिका पदाधिकारीको ढंग नपुगेको देखीएको छ ।

अछाम जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माले जिल्लाका न्यायिक समितिको कार्य सम्पादनको अवस्थाबारे निरीक्षणका क्रममा अवस्था नाजुक रहेको पाइएको बताएका छन् ।

आफूमा निहित रहेको अधिकार पूर्ण रुपमा प्रयोग गर्न न्यायिक समिति असक्षम देखीएको उनको भनाई छ ।

यसै बिच अछाम जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माले बान्नीगढी जयगढ गाउँपालिकाको न्यायिक समितिको कार्य सम्पादनको अवस्थाबारे निरीक्षण गरेका छन् ।

न्यायिक समितिको कार्य सम्पादनको अवस्थाबारे निरीक्षण गर्न गाउँपालिका पुगेका न्यायाधीश शर्मालाई गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र उपाध्यक्ष बिन्दु रावलले स्वागत गरेकी थिइन् ।

निरीक्षणका क्रममा न्यायाधीश शर्माले न्यायिक समितिले कार्य सम्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरूबारे आवश्यक सुझाव दिएका छन् ।

पालिकामा रहेका न्यायिक समितिलाई निर्णय र मेलमिलापको अधिकार रहेको बताउँदै उनले आफ्नो क्षेत्राधिकारको परिधिमा रही आवश्यक काम गर्नुपर्नेमा जोड दिएका छन् ।

यसै बिच आज हामीले अछामका पालिकाका न्यायिक समितिको कार्यसम्पादनको अवस्थाका बिषयमा अछाम जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्मासँग कुराकानी गरेका छौँ ।

कुराकानी : पीताम्बर शर्मा


क्याटेगोरी : पश्चिम खोज, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode