Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

७० बर्षिय यात्रु ठग्नेलाई कारवाही हुन्छ : सुचना अधिकारी आचार्य ( कुराकानि सहित )


जिल्ला प्रशासन कार्यालय अछामका सुचना अधिकारी मिनराज आचार्यले सुदूरपश्चिम यातायात प्रालीको लापरवाहीका कारण यात्रु गम्भिर घाईते भएको बिषयमा छानविन गरि दोषीलाई कारवाही गर्ने बताएका छन् ।

रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानि गर्दै आर्चायले यात्रु घाईते भएको बिषयमा छानविन गरि दोषीलाई कारवाही गर्ने बताएका हुन् ।

बुधबार सुदुरपश्चिम बस यातायात प्राली अन्र्तगतको मंगलसैनमा रहेको टिकट काउन्टरले हुँदै नभएको सिटको टिकट काटेर मिस्तुरका डबले कामीलाई ११९५ नम्बरको बसमा राखेको थियो । बसमा सिट नपाएपछि ७० बर्षिय कामी ग्यालरीमा बस्न बाध्य भएका थिय । पाहाडको अस्तब्यस्त बाटोमा लामो यात्राकालागी ग्यालरीमा बसेका उनको पटक पटक बसका सिटका डण्डीहरुमा टाउको ठोक्किएपछि सक्त घाईते भएका थिय ।

घाईते कामीको बुधबार साँझ अत्तरियास्थित एक अस्पतालमा उपभार गर्न भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति नै माया मेट्रो अस्पतालमा रिफर गरिएको उनका आफन्त टेकेन्द्र जैगडीले जानकारी दिएका छन् ।

अहिले उनको माया मेट्रो अस्पतालमा आईसियुमा राखेर उपचार भईरहेको छ । घाईते कामीको टाउकोमा रगत जमेकाले पनि अवस्था गम्भिर भएको जैगडीले बताएका छन् ।

पछिल्लो समय यातायात ब्यावसायीको आर्थीक मोहका कारण यस्ता घटनाहरुमा बृद्धि भएकाले दोषिलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सक्रियताका साथ लागी पर्ने सुचना अधिकारी आर्चायको भनाई छ । यातायात ब्यावसायीलाई मात्र दोष नदिएर यात्रुहरुले पनि यात्रा गर्दा सचेत हुनुपर्नेमा उनले जोड दिएका छन् ।

यसैबिच आज हामीले यातायात ब्यावसायीको आर्थीक मोहले यात्रुले भोग्नुपर्ने सास्तिका बिषयमा जिल्ला प्रशासन कार्यालय अछामका सुचना अधिकारी मिनराज आर्चायसंग कुराकानि गरेका छौँ ।


क्याटेगोरी : अपराध, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode