Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

भाईरल टेलिफोन संवाद

सर्वसाधारण र मंगलसेनका शिक्षा अधिकृत रावलबिचको टेलिफोन संवाद भाइरल (कुराकानी सहित)


मङ्गलसेन नगरपालिकाका शिक्षा अधिकृत जगत बहादुर रावलले एक स्थानीय लाई टेलिफोनमा दिएको अभिव्यक्तिले अहिले सामाजिक सञ्जाल तातेको छ ।

मंगलसेन नगरपालिका वडा नः १२ मा रहेको एक बाल विकास केन्द्र संचालनका बिषयमा कुराकानी गर्ने क्रममा अधिकृत रावलले दिएको अभिव्यक्ति सहितको अडियो सार्वजनिक भएपश्चात् अहिले सामाजिक संजाल तातेको हो ।

बन्द रहेको बाल विकास केन्द्र सञ्चालनबारे स्थानीय गणेश बहादुर शाही र शिक्षा अधिकृत रावलबिच संवादका क्रममा अधिकृत रावलले स्थानीयलाई वडावासीलाई अनपढ र जङ्गलीको संज्ञा दिएका छन् ।

टेलिफोन कुराकानीका क्रममा अधिकृत रावलले वडाको बाल विकास केन्द्र आफूले खारेज गरि दिएको बताउँदै कसले के गर्न सक्ने हो र भन्दै धम्क्याएको सुन्न सकिन्छ । अडियो सार्वजनिक भए पश्चात् अधिकृत रावलको आलोचना हुन थालेको छ ।

भाइरल भएको टेलिफोन संवाद

यता नगरपालिकाका शिक्षा अधिकृत जगत बहादुर रावलले भने टेलिफोन कुराकानी नितान्त व्यक्तिगत कुराकानी भएको दाबी गरेका छन् । आफूले बाल विकास केन्द्रका बिषयमा निरन्तर गाली भए पश्चात् पनि सहेर बसेको तर अति भए पछि आवेगमा आएर बोल्न बाध्य भएको उनको भनाई छ ।

बाल विकास केन्द्रका बिषयमा उनीहरूले पटक पटक आफूलाई टेलिफोन गरि गाली गरेको समेत उनले बताएका छन् । उनीहरूले आफूलाई टेलिफोन मार्फत गाली गरेको टेलिफोन कुराकानीको अडियो आफूसँग सुरक्षित समेत रहेको शिक्षा अधिकृत रावलले दाबी गरेका छन् ।

यसै बिच भाइरल भइरहेको टेलिफोन संवादका बिषयमा आज हामीले मंगलसैन नगरपालिकाका शिक्षा अधिकृत जगत बहादुर रावलसँग कुराकानी गरेका छौँ ।

कुराकानी : जगत बहादुर रावल


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode