अछाममा नौलो अभ्यास
कमलबजार नगरपालिकाको कार्यपालिका बैठक जनताले खुला रुपमा हेर्न र सुन्न पाउने (कुराकानी सहित)
अछाम जिल्लाको पूर्वी क्षेत्रमा रहेको कमलबजार नगरपालिकाले नयाँ प्रयोग गरि लाइभ कार्यपालिका बैठकको सुरुवात गरेको छ ।
बुधवार बसेको नगरपालिकाको २२ औँ कार्यपालिका बैठकबाट नगरपालिकाले लाइभ कार्यपालिका बैठकको सुरुवात गरेको हो ।
उकत यपालिका बैठकमा सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो । अब कमलबजार नगरपालिकाले हरेक कार्यपालिकाको बैठक स्थानीय रेडियो एफ.एम. र सामाजिक संजाल फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गर्ने नगरपालिकाका मेयर यज्ञ प्रसाद ढकालले जानकारी दिएका छन् ।
उनले कमलबजार नगरपालिकाले गर्ने हरेक कार्यसम्पादन छर्लङ्ग होस् तर नाङ्गो नहोस् भन्ने मनसायले लाइभ बैठक बस्ने निर्णय गरिएको बताए ।
‘हामी मृद् कमलबजार बनाउन पाँच वर्षका लागि निर्वाचित भएर आएका हौँ,यहाँ नगरवासी जनताहरुलाई लुकाउनु पर्ने कुनै काम नै छैन मेयर ढकालले भने सबै पारदर्शी गछौं, उहाँहरूको राय सुझाव सल्लाह प्रत्यक्ष लिन्छौ सकेसम्म तत्काल सम्बोधन गर्ने प्रयास गछौं ।
विश्व नै डिजिटलाइजेसन तर्फ अघि बढेको जमानामा आधुनिक समय अनुसार नै अगाडी बढ्नका लागि लाइभ बैठकको सुरुवात गरिएको ढकालको भनाइ छ ।
बुधवार बसेको २२ औँ कार्यालक बठकले ५ वटा प्रस्ताव माथि छलफल गरि निर्णय गरेको छ ।
बैठकबाट उपभोक्ता समितिबाट कार्यान्वयन हुने योजना सम्झौताको अन्तिम म्याद जेठ २५ गते सम्म थप गर्ने,लोडर खरिद गर्ने शीर्षकमा विनियोजन भएको रकम संशोधन गर्ने,घ वर्गको निर्माण व्यवसायी दर्ता सम्बन्धी कार्यविधि २०७४ संशोधन गरि स्वीकृत गर्ने,बिपद व्यवस्थापन कोषबाट लम्पी स्किन रोग नियन्त्रण गर्न बजेट विनियोजन स्वीकृत गर्न र शिविर संचालन र्ने,बिपद व्यवस्थापन कोषबाट बाढी पहिरोको कारणले क्षति भएका सिँचाइ योजनाका लागी सिँचाइ पाइप खरिद गर्ने निर्णय गरिएका छन् ।
यसैबिच आज हामीले कमलबजार नगरपालिकाले सुरु गरेको नयाँ प्रयोग,कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारणका विषयमा नगर प्रमुख यज्ञ प्रसाद ढकालसँग कुराकानी गरेका छौँ ।
कुराकानी : यज्ञप्रसाद ढकाल
क्याटेगोरी : Podcast, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया