Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अस्वभाविक बढेको गर्मीले अछाममा पनि लु को जोखिम बढ्यो : डा.जिसि


पछिल्ला केही दिनदेखी बढेको तापक्रमले अछाम लगाएत पाहाडी जिल्लाहरुमा पनि लु लाग्ने सम्भावना भएकाले सावधानि अपनाउन जिल्ला अस्पताल अछामका प्रमुख डा. भुवन जिसिले आग्रह गरेका छन् ।

केहीदिन यता पहाडी जिल्लाहरुमा पनि गर्मी अस्वभाविक रुपमा बढेकाले सावधानि अपनाउन उनले आग्रह गरेका हुन् । गर्मी बढ्दा लु मात्र नभएर अरु रोगहरुको जोखिम पनि बढी हुने भएकाले सतर्कता उपनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

गर्मी अत्याधिक बढेकाले रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पेट दुख्ने , पखाला चल्ने , रिंगटा लाग्ने , वाकवाकी लाग्ने लगायतका समस्या देखिन सक्ने उनले बताएका छन् । गर्मी लगातार बढिरहेकाले खानपान र सरसफाइमा ख्याल गर्नुपर्नेमा उनको जोड रहेको छ ।

घाम चर्किएको बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे छाता ओड्न वा टोपी लगाउन डाक्टर जिसिले अनुरोध गरेका छन् । यस्तै, फलफूलको रस र शुद्ध पानी र धेरै पसिना बगे कहिलेकाहीँ जीवनजल पिउन, चिसो पानीले नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन, खेतबारीको काम सकभर बिहान र बेलुका मात्रै गर्न तथा दाल, सुप जस्ता नुनिलो झोल पदार्थ पिउन उनको सुझाव छ ।

गर्मी, तातो हावा र लू का कारण श्वास फेर्न गाह्रो भए, टाउको बेस्सरी दुखे, छाला रातो वा तातो भए र बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल लैजान उनको सल्लाह छ ।


क्याटेगोरी : सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode