Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा एक जना ओभरसियर मृत भेटिए


अछाममा एक जना ओभरसियर मृत भेटिएका छन् । पूर्वाधार विकास कार्यालय अछाममा कार्यरत ओभरसियर समशेर खड्का मृत भेटिएको हुन् ।

जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ चिरकाट्यामा ३५ बर्षिय खड्का मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताएका छन् ।

उनी पूर्वाधार र विकास कार्यालय अछाममा करारमा ओभरसियर पदमा कार्यरत रहेको बुझिएको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode