Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विकृति बिसंगती विरुद्ध बाल क्लबले रचनात्मक भूमिका खेल्नुपर्छ : अध्यक्ष साउँद


बाल क्लबका पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।

गाउँपालिकाका वडा नम्बर १ देखी वडा नम्बर ४ मा गठित बाल क्लबका पदाधिकारीका बिच क्षमता विकास सम्बन्धी कार्यक्रम गरिएको हो ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा बाल क्लबका पदाधिकारी,किशोर किशोरी लगायत सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले पछिल्लो समय बालबालिका तथा किशोर किशोरी विकृतिजन्य क्रियाकलापमा संलग्न हुने क्रम बढेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

हिंसा जन्य गतिविधिका साथै लागु औषध प्रयोगमा बालबालिका संलग्न हुनु दुःखद भएको बताउँदै उनले यस तर्फ सरोकारवाला सचेत बन्नुपर्नेमा उनले जोड दिएका छन् ।

गाउँपालिकामा अझै पनि बाल विवाह विकराल समस्याका रुपमा देखा परेको बताउँदै उनले बाल विवाह न्यूनीकरणका लागी बाल क्लबका पदाधिकारी सक्रिय बन्नुपर्ने बताएका छन् ।

विकृति बिसंगती विरुद्ध बाल क्लबले रचनात्मक रुपमा बिभिन्न कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिँदै उनले बाल क्लबका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाईट : टेक बहादुर साउँद

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले बालबालिका तथा किशोर किशोरीले गाउँ ठाउँको विकासका लागी रचनात्मक भूमिका खेल्नु पर्ने बताएकी छन् ।

सही काममा साथ सहयोग र गलत कदमका विरुद्ध उनीहरू खुला रुपमा मैदानमा उत्रिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नायव सुब्बा तिलकमान ठकुल्लाले गरेका थिए । भने संचालन महिला तथा बालबालिका शाखा प्रमुख समीक्षा थापाले गरेकी थिइन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode