Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पोषणमैत्री स्थानीय शासन प्रवर्दनका लागी बान्नीगढीमा अभिमुखीकरण


पोषणमैत्री स्थानीय शासन प्रवर्दन सम्बन्धी अभिमुखीकरण कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकालाई निकट भविष्यमा पोषणमैत्री पालिका घोषणा गर्ने लक्ष्य अनुरूप पोषणमैत्री शासन प्रवर्दनका लागी सरोकारवाला अभिमुखीकरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणाका लागी भईरहेको कार्यक्रमबारे जानकारी गराइएको थियो ।

गाउँपालिकामा पोषणको अवस्था,पोषणको आवश्यकता लगायतका बिषयमा छलफल गरिएको कार्यक्रममा गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणा गर्न आवश्यक पर्ने सूचकको अवस्थाका बिषयमा समेत छलफल गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले समृद्ध पालिका निर्माण गर्न पोषण कार्यक्रमका सम्पूर्ण सूचकहरू पुरा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्व सन्ध्यामा भएको अभिमुखीकरण कार्यक्रमले आगामी बजेटलाई के कस्तो क्षेत्रमा प्राथमिकता दिने भन्नेबारे महत्त्वपूर्ण सिकाई भएको उनको भनाई छ ।

बाईट : टेक बहादुर साउँद

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले पोषणका क्षेत्रमा गर्न सकिने थुप्रै काममा गाउँपालिका सरकार चुकेको स्वीकार गरेकी छन् ।

बजेट बिनियोजनमा पोषण क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा त्यस तर्फ खाँसै चाँसो नगएको बताउँदै उनले आगामी दिनमा यस तर्फ सचेत रहने बताएकी छन् । पोषणको क्षेत्रमा गर्नु पर्ने व्यवहार परिवर्तन आफू स्वयमबाट गर्नुपर्नेमा उपाध्यक्ष रावलले जोड दिएकी छन् ।

बाईट : बिन्दु रावल

अभिमुखीकरण कार्यक्रमको सहजीकरण प्रशिक्षक लक्ष्मण नाथ योगी र सेत बहादुर भुलले गरेका थिए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीले स्वागत गरेको कार्यक्रमको संचालन भुवन सिंह साउँदले गरेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode