Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी जयगढ गाउँपालिका

छाउ प्रथालाई प्रसय दिने सार्वजनिक व्यक्तिलाई कार्वाही गर्ने उपाध्यक्ष रावलको उद्घोष


किशोरी तथा महिलाहरूलाई सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम कालिकामा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा कालिका स्वास्थ्य चौकीमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

वडा अध्यक्ष टंक बहादुर साउँदको अध्यक्षतामा भएको सचेतनामूलक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रावलले अझै पनि समाजमा छाउ प्रथा कायम रहेकोमा चिन्ता व्यक्त गरेकी छन् ।

समाजमा अझै पनि बिद्यमान रहेको छाउ प्रथाको अन्त्य गर्नका लागी महिला तथा किशोरी स्वयम जागरूक बन्नुपर्नेमा जोड दिएकी छन् । छाउ प्रथालाई अपराधको रुपमा परिभाषित गर्दै जारी भएका कानुनहरू कार्यान्वयन गर्नु अहिलेको आवश्यकता भएको उनको भनाई छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरू नै छाउ प्रथालाई प्रसय दिँदै आएकोमा दुःख व्यक्त गर्दै उनले यो प्रथा अन्त्यका लागी गाउँपालिका आवश्यक कानुनी कार्वाही गर्न तयार रहेको उल्लेख गरेकी छन् ।

जनप्रतिनिधि, शिक्षक तथा सामाजिक अगुवाहरू छाउगोठमा बसेको तथा बसाउन लागी परेको थाहा पाएमा कानुनी कारबाहीका लागी खबर गर्न उनले सवैमा आग्रह गरेकी छन् ।
बाईट बिन्दु रावल

 

सचेतनामूलक कार्यक्रममा वडा नम्बर ५ कालिका र दर्नाका महिला, किशोरी ,जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण तिलकमान ठकुल्ला,लक्ष्मण टमट्टाले गरेका थिए भने संचालन महिला शाखा प्रमुख समीक्षा थापाले गरेकी थिइन् ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode