Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली तत्काल ठूलो पानी नपर्ने


आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा अहिलेको मौसम आंशिकदेखि सामान्य बदली छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा अहिले हल्का पानी परिरहेको छ । ती क्षेत्रमा दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी निम्न चापीय प्रणाली तथा स्थानीय वायूको प्रभाव छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेपनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

काठमाण्डौमा अहिले घाम चर्किएको छ । काठमाण्डौमा आज पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode