Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी गाउँपालिका

अध्यक्ष युवा रोजगार कार्यक्रमका लागी अनुगमन तथा निरीक्षण


बान्नीगढी जयगढ गाउँपालिकामा संचालन हुने गाउँपालिका अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागी अनुगमन तथा निरीक्षण गरिएको छ ।

युवा स्वरोजगार कार्यक्रम अन्तर्गत बाख्रा र भैँसी अनुदान कार्यक्रममा सहभागीलाई छनोट गर्न अनुगमन तथा निरीक्षण गरिएको हो ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको नेतृत्वको टोलीले वडा नम्बर ५ कालिकाका बाख्रा र भैँसी पालक कृषकहरूको अवस्थाबारे आवश्यक जानकारी लिएको छ ।

आर्थिक बर्ष २०७९ । ८० को बार्षिक कार्यक्रम अन्तर्गत पालिकाका १६ जना बाख्रा पालक र १३ जना भैँसी पालक कृषकलाई अनुदान दिइने छ ।

अनुदानका लागी छनोट भएका १६ जना बाख्रा पालक कृषकहरूलाई प्रति व्यक्ति ५० हजार र १३ जना भैसीँपालक कृषकहरूलाई प्रति व्यक्ति ६० हजार उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष युवा स्वरोजगार कार्यक्रमको कार्यविधि अनुसार अनुदानका लागी युवाहरूलाई छनोट गरिने बताईएको छ ।

अनुगमनमा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल,कार्यपालिका सदस्य मोहनलाल ताम्राकार,निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मी,पशु शाखा प्रमुख हर्क बहादुर शाही लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : राजनीति, व्यापार/प्रर्वद्धन, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode