Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामी टाउके राजा वीरेन्द्र शाहको निधन


अछामी टाउके राजाका नामले परिचित अछामी राज परिवारका सदस्य वीरेन्द्र बहादुर शाहको निधन भएको छ ।

धनगढी स्थित माया मेट्रो अस्पतालमा उनको निधन भएको हो ।

स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएका उनको आज केहि बेर अघि निधन भएको नेपाली कांग्रेस अछामका सह सचिव दिनेश कुमार स्वारले जानकारी दिएका छन् ।

मंगलसैन नगरपालिका वडा नम्बर ५ घर भई जिल्ला सदरमुकाम मंगलसेनमा व्यवसाय संचालन गर्दै आएका शाह भलिबलका पुराना खेलडीसंगै नेपाली काँग्रेसका नेता समेत हुन् ।

अछामी राज परिवारका सदस्य रहेका शाह जिल्लामा हक्की स्वभाव र निडर व्यक्तिका रुपमा परिचित थिए ।

उनको निधनबारे थप बिवरण आउन बाँकी रहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode