सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि चेतनामूलक होडिङ बोर्ड

अछाममा सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि सडकमा ट्राफिक नियम सम्बन्धी चेतनामूलक होडिङ बोर्ड राखिएको छ ।
मध्य पहाडि लोकमार्ग अन्र्तगत जिल्ला प्रशासन कार्यालय जाने वाटो देखि मंगलसेन नगरपालिा वडा नं. ०६ ठुलासैन बजार सम्म होडिङ बोर्ड राखिएको हो ।
सडक खण्डका विभिन्न स्थानहरुमा ट्राफिक नियमको पालना, दुर्घटना ग्रस्त क्षेत्र, सवारी चलाउदा मोबाइल फोन प्रयोग निषेध जस्ता चेतनामूलक होडिङ बोर्ड लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक कार्यालय अछामले होडिङ बोर्ड राखिएको हो ।

भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया